Wednesday, September 21, 2011

एउटा पनि खेल नखेले पनि नेपाल फिफा वरियतामा दुई स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल २ स्थान माथि चढ्दै १ सय ३४ औं स्थानमा उक्लिएको छ । पछिल्लो एक महिनामा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको कारण नेपालको १ सय ९३ अंक नै छ । एक महिनाअघिको वरियतामा १ सय ९३ अंक सहित १ सय ३६ औं स्थानमा थियो । दक्षिण एशियाली क्षेत्रको बंगलादेश एक स्थान माथि उक्लिँदै १ सय ३८ औं स्थानमा छ । भारत ४ स्थान तल झर्दै १ सय ६२ औं माल्दिभ्स ३ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । पाकिस्तान १ सय ७० औंस्थानमा कायम छ भने श्रीलंका २ स्थान तल झर्दै १ सय ७८ औं स्थानमा पुगेको छ । अफगानिस्तान एक सय ८३ औं र भूटान २ सयऔं स्थानमा छन् । १६ सय ५ अंक सहित स्पेन पुन पहिलो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा झरेको नेदरल्याण्डको भने १५ सय ७१ अंक छ । एशियाली देश जापान १५ औं स्थानमा कायम छ ।

Total Pageviews