Thursday, September 1, 2011

जापानका लागि राजदुत मदनकुमार भट्टराईको नाम अनुमोदन

व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिले जापानका लागि प्रस्तावित राजदुत मदनकुमार भट्टराईको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। संसद सचिवालय सिहदरबारमा बसेको समितिको बैठकले परराष्ट्र मन्त्रालयका निर्वतमान सचिव भट्टराईलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। प्रस्तावित राजदुत भट्टराईसंग कुटनीतिक क्षेत्रको अनुभव, रुचि र भावि कार्ययोजनाका बारेमा जानकारी लिएपछि समितिले जापानका लागि नेपाली राजदुतमा सर्वसम्मतिले अनुमोदन गरेको हो। बैठकमा समितिका सदस्यहरुले नेपालको भौतिक पुर्वाधार, कृषिको आधुनिकिकरण, आर्थिक कुटनिति तथा पर्यटन प्रर्वद्धनमा विषेश भुमिका निर्वाह गर्न सुझाव दिएका थिए। साथै उनिहरुले प्रस्तावित राजदुत भट्टराई परराष्ट्र सचिव हुंदा मन्त्रालयबाट एमअरापि वितरणको व्यवस्था मिलाउन सक्षम नभएको भन्दै कुटनीतिक सम्बन्ध विस्तार गर्न सक्नेमा आशंका समेत व्यक्त गरेका थिए। प्रस्तावित राजदुत भट्टराईले आफ्नो ३३ बर्ष परराष्ट्रसेवामा प्राप्त गरेको अनुभवलाई नेपालको कुटनीतिक सम्बन्ध विस्तार तथा आर्थिक सहयोगमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।बैठकमा समितिका सदस्यहरुले नेपालबाट राजदुत हुने व्यक्तिहरुले हुलाकिको जस्तो मात्र काम गर्ने गरेको भन्दै आलोचना गरेका थिए। गत साउनमा संसदिय सुनुवाई समितिले प्रंस्तावित राजदुत मदनकमार भट्टराईले परराष्ट्र सचिव रहेको अवस्थामा आफनो नाम राजदुतमा प्रस्तावित गर्न लगाएको भन्दै सुनुवाई अस्विकार गरेको थियो। अनुमोदित राजदुत भट्टराईले यसअघि जर्मनका लागि नेपालि राजदुतको रुपमा पांच बर्ष काम गरिसक्नुभएको छ।

Total Pageviews