Friday, August 26, 2011

समर्थकहरुलाई प्रधानमन्त्री निवास अगाडि भेला भएर दवाव दिन आह्वान : हजारे

आमरण अनसनमा रहेका भारतीय नागरिक समाजका अगुवा अन्ना हजारेले प्रधानमन्त्री निवास अगाडि भेला भएर दवाव दिन आफ्ना समर्थकहरुलाई आह्वान गरेका छन्। सरकार र हजारे समर्थकबीच बिहीबार राति भएको वार्ता दुवै पक्षको अडानका कारण विनानिष्कर्ष टुंगियो। तीन चरणसम्म वार्ता चलेको भएपनि कुनै ब्रेकथ्रू हुन नसकेको अन्नाका सहयोगीहरुले बताएका छन्। दशौं दिनमा प्रवेश गरेको अनसन अन्त्य गर्न अन्नालाई संसद्ले एक प्रस्ताव पारित गर्दै अनुरोध गरेको छ। भोकहडतालपछि हजारेले पाँच किलोभन्दा बढी तौल क्षय गरिसकेका छन् भने स्वास्थ्यस्थिति दिन प्रतिदिन बिग्रिरहेको छ। डाक्टरले खाद्यतत्वको अभाव पूर्ति गर्ने इन्ट्राभेनस ड्रिप लिन सुझाव दिएपनि हजारेले मानिरहेका छैनन्।

Total Pageviews