Friday, July 29, 2011
कुश्ती खेलाडीको गोली हानी हत्या
अज्ञात समुहले बिहिवार राती रौतहटको गौर नगरपालिकामा एक राष्ट्रिय कुश्ती खेलाडीको गोली हानी हत्या गरेको छ। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका ती समुहले गोली प्रहार गरी राष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या गरेका हुन्।
प्रेमपुर गोनाही गाउँ विकास समिति स्थायी घर भएका बैरागी असुरक्षाको कारण विगत तीन वर्षदेखि सदरमुकाम गौर ८ मा बस्दै आएका थिए। पाचौ साफ खेलको कास्य पदक विजेता बैरागीलाई राती सवा आठ बजेतिर गोली प्रहार गरिएको थियो। पिठ्युमा एउटा गोली लागी गम्भीर घाईते बनेका बैरागीलाई उपचारका लागि गौर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतक बैरागी राष्ट्रिय कुश्ती संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका थिए।