Friday, July 29, 2011
सत्तारुढ नेकपा एमालेले फेरि पनि माओवादीको माग बमोजिम मन्त्रीपरिषद् पुर्नगठन नगर्ने निर्णय गरेको छ ।
सत्तारुढ नेकपा एमालेले फेरि पनि माओवादीको माग बमोजिम मन्त्रीपरिषद् पुर्नगठन नगर्ने निर्णय गरेको छ ।
स्थायी समितिको हिजो पार्टी मुख्यालय बल्खुमा वसेको बैठकले प्रधानमन्त्रीले राजिनामा दिने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा मन्त्रीपरिषद् पुर्नगठन गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको हो । बैठकपछि बोल्दै एमाले सचिब शंकर पोखरेलले शान्ती र संविधानका मुद्धामा ठोस प्रतिबद्धता सहित प्रमुख दलको सहमति भएमा मात्रै माओवादी मन्त्रीको सपथ हुनसक्ने बताउनुभयो । उहा“ले सहमतिका लागि एमालेले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
मन्त्रीपरिषद् पुर्नगठन नगरे सरकारबाट फिर्ता हुने माओवादीको चेतावनीपछि एमाले अध्यक्ष झलनाथ खनालले पुनः स्थायी समितिको बैठक बोलाउनुभएको थियो । एमालेको गत मंगलबार बसेको स्थायी समितिको बैठकले मन्त्रीपरिषद् पुर्नगठन नगर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खनाललाई सुझाव दिएको थियो ।