Saturday, May 7, 2011

आ–आफ्ना प्रदेश खोज्दा हराउने भो नेपाल


स्वयम्भुनाथ कार्की
नेपाललाई स्वर्ग बनाउने उद्घोषका साथ थुपै्र सपना बारम्बार बाँडियो। नेपालीले चुपचाप उनीहरूका कुरा पत्याएका मात्र नभई त्यही लहलहैमा लागेर ज्यानसम्म अर्पण गर्न तयार भए। सुन्दर भविष्यको आशामा आफूसँग भएका सबै क्षमता, सम्पत्ति ओइराए। जनताले असीम त्याग तथा समर्पण गरेर सपना बाँड्ने हरेकलाई आफ्नो जीवनको वागडोर सुम्पिए। तर, जनताको रगत–पसिनाको कमाइमा पौडी खेल्ने प्यास बोकेका ती सपनाका व्यापारीहरूको तृष्णा मेटिएन। नेपाली पाखुरीलाई विदेशमा ज्यामीको रूपमा निकासी गरेर भए पनि आफ्नो धनको तृष्णा पूरा गर्न उनीहरू लागे। हिजोसम्म खोले–फाँडो खाएर तुनेको भोटो र चप्पल लगाएर हिँडेकाहरू छोटो समयमा नै आयातित वातानुकुलित गाडीमा तारे रिसोर्टको महँगो खानामा छाक टार्न धौ–धौ पर्ने जनताको चिन्तामा चिन्तित भएको नाटक अहिलेको आमसमाचार हो। बीस–तीस किलोमिटरको यात्रामा पनि हेलिकोप्टरमा पुग्नुपर्ने कुरा आवश्यकता नभएर जनतालाई 'हेर, तिमीहरूलाई कत्तिको मूर्ख बनाएँ' भनेको हो। नेताहरू यस्तै हुन्छन् भन्ने जनतालाई थाहा थियो, त्यसैले राजनीतिमा लागेकाहरूको समूहलाई अन्ततः जनताले विश्वास गर्न छोडेको थियो। तर, आफूलाई पढाउने शिक्षक, मुद्दा लडिदिने वकिल, मनोरञ्जन दिने कलाकारजस्ता जमातका केहीले आफूलाई नागरिक समाजका अगुवा भन्दै नेताहरूलाई विश्वास गरिदिन आग्रह गरे, जनताले त्यसलाई पत्याए। नेताहरूलाई नभएर यस्ता बुद्धिजीवी भनिने, अगुवा भनिनेका कुरा जनताले पत्याएका थिए। अझ भन्ने हो भने नेताहरूको जमानी बस्नेहरूलाई पत्याएका थिए। तर, बरु नेताहरू मात्र हुँदा त नेपालको केही बचेको थियो। तर, यस्ता अगुवालाई भरोसा गर्नाले नेपालको अस्तित्वमै खतरा आइपरेको छ। आज नेपालभन्दा एक मधेस एक प्रदेश केहीलाई प्यारो भएको छ, केहीलाई ताम्सालिङ, केहीलाई लिम्बुवान प्रिय भएको छ। थरुहट, खुम्बुवान, खसानजस्ता शब्दहरूले नेपाललाई ओझेलमा पारेको छ। आज कसैले नेपाल कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ। यस खोजको अवसरमा नौलानौला प्रदेशका नामहरू आउँछन् तर नेपाल भने ओझेमा परेको छ। नेपाली–नेपालीलाई जोड्ने तत्त्व कमजोर भएको छ, विभिन्न समूहहरू आफ्नो मध्ययुगीन परिचय खोज्दै एक्काइसौं शताब्दीको धक्कु लगाउँदै छन्। टोफेल, आईएलटीएस, कोरियन भाषाजस्ता विदेशी भाषा सिकेर विदेशमा मजदुरी गर्न जानेहरू आ–आफ्ना भाषा खोजेको स्वाङ रच्दै छन्। गोजीमा नेपाली नागरिकता भएकाहरू सबै नभए पनि छातीमा नेपाली मुटु भएको हरेकलाई आज देश दुखेको छ। उसको आत्मा रोएको छ। अझ आफ्नै मुलुकमा आफ्नो मुलुकको गौरवगाथा गाउँदा कुटिनुपरेको तीतो अनुभव अपवाद होइन, नियमित भोगाइ भएको छ। यो परिस्थितिको जिम्मेवार जनता आफैं भएका छन् संविधानसभामा कुपात्रलाई मत दिएर। दुईवर्षे निरर्थक कार्यकालपछि जनता आफ्नो त्यो गल्ती सुधार्न चाहन्थे। नालायक भएका आफ्ना प्रतिनिधि बदल्ने मौका खोजेका थिए। तर, फेरि तिनै अगुवाहरू नालायकहरूको एक बर्ष अझ म्याद थप्ने वकालत गर्न अगाडि सरे। जनताले ढाँटको निम्तो खाई पत्याउने शैलीमा एकपटक फेरि विश्वास गरे। जनताको यो उदारतालाई मूर्खता सम्भि्कने काम भयो।
 एक वर्ष नेपालको ज्ञात इतिहासमै सबैभन्दा कहालीलाग्दो कालखण्ड भयो। अब फेरि अर्कोपल्ट एक वर्षमा सकारात्मक काम भयो भनेर जनतालाई मूर्ख बनाउन लागिपरेका छन्। राजनीतिक नेता तथा कार्यकर्ता त जनसाधारणभन्दा धेरै टाढा छन्। तिनको दर्शनभेट सबैले पाउँदैनन्, तर बुद्धिजीवी भनिएकाहरू, नागरिक अगुवा भनिएकाहरू जनताको माझमा जनताकै भेष लिएर फेरि नालायकहरूलाई म्याद थप गर्ने प्रपञ्चमा लागेका छन्। थपिएको वर्षमा जनता थिलथिलो भएको छ, अब फेरि समय थप गरेर युगौँसम्म उठ्न नसक्ने गरेर मरणासन्न हुने कुरा भन्न कुनै अनुसन्धान चाहिँदैन।
भागबण्डा, भागबण्डा अनि फेरि भागबण्डा योबाहेक दलहरू, दलका जनतामाझ बसेका भरौटेहरू अरू केही जान्दैनन्। काम देखाउन कहिले कुनै ठाउँको नाम बदल्न अभियान चलाउँछन्, कहिले जनताको गोजीमा यसका नोट अचानक नचल्ने बनाएर आधा मोलमा खर्च गराउँछन्। कहिले करोडौँ खर्च गरेर कालापत्थरमा मन्त्रिमण्डलको अर्थहीन बैठक गर्छन्। विदेशी विस्तारवाद मुर्दावाद भन्दै विदेशी मन्त्रीका पाउ मोल्न तँछाड–मछाड गरेर दगुर्छन्। अझै यस्ता नालायकहरूलाई म्याद थप्ने हो भने मुलुक नै विदेशीलाई ठेक्कामा चलाउन नदेलान् भन्ने कुनै आधार रहने छैन।
बेलैमा चेत्नुपर्ने अवस्था छ। संविधानसभाको म्याद थपेर जनताको बाँकी बचेको ढुकढुकी पनि बन्द गर्न सघाउनेहरूको सामाजिक बहिष्कार गर्ने बेला भयो। जनता अब अझ कति मूर्ख बन्ने हुन् यस्ता जनता मूर्ख बनाउन खोज्नेहरूको पानी नचल्ने नयाँ चलन चलाउने बेला भयो।

 देखाई दिउँन हो मिलेर ! अति भयो पार्टी , राजनीति , राजनीतिक लुछा चुँड़ी !
 हुनत यसो भन्दा आफ्नो व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको कुरो उठ्ला यहाँ , केहि भन्नै हुँदैन , बोल्यो कि पोल्यो भने झैं , तर खाँट्टी र गाँट्टी कुरो के हो भने यी परदेशमा आएर पनि राजनीति गर्नेहरु र गर्छु भन्नेहरु कसका निमित्त राजनीति गर्छन आखिर ? देश र जनताको लागि दश विस बर्ष जेलनेल खाएका भन्नेहरुले त मौकामा देखाइ दिन्छन आफ्नो असली अनुहार भने यी चैते राजनितिज्ञहरुले के गर्छन भन्या ? उहिहो नेपाली नपाली फुटाउने , आफ्नो व्यक्तिगत स्वार्थको निमित्त जे पनि गर्ने , आफ्नै मात्र राम्रो भन्ने , भाँड भैलो मच्चाउने त्यहित होनी यी "" राजनीतिक प्राणीहरुको"" चरित्र !
 अचम्म लाग्न सक्छ कसैलाई तर अथार्थ यहिहो कि यहाँ यिनीहरुकै वोलवाला छ ! नेपालमा आफ्नो दलको उम्मेदवार पराजित हुँदा यहाँ महिना दिन भात नरुच्ने र मुर्छापर्ने वा विरामी पर्ने अजिव "" राजनीतिक प्राणीहरु "" पनि छन् हामी विच ! तर राजनीतिक , जातीय र क्षेत्रीय गुट भन्दा पृथक रहेर स्वतन्त्र र सकारात्मक सोच राख्ने सानो जमात पनि हाम्रो समाजमा विधमान छ र त्यो स्वतन्त्र जमात बढी पनि रहेछ !
 यहाँ सातसमुन्द्रपार हाम्लाई किन चाहियो यी तलकाहरु ब्लाब्लाबला हरु ? कति जरुरि छ यहाँ देश र समाज विकासको लागि ? यहाँ यिनीहरुको आवश्यक्ता र औचित्य के हो ? यस्तै विचार राख्छन यी स्वतन्त्र र वाक्क दिक्क भएका पारदेशीय ( डायस्पोराका ) नेपालीहरु ! नेपाली जनसर्म्पर्क समिति रे .. नेपाली लोकतान्त्रिक मञ्च रे .. नेपाली जनप्रगतिशील मञ्च रे ... राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल रे ... नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा रे ... तरुण दल रे ....अनि अझ अरु कुन कुन रे ? उफ .....! कस्तो असहज हाँसो लाग्ने ! हैन समय कहाँ बाट पाउँछन् भन्या वा वा वा ...? यस्तो परदेशको व्यस्त जीवनमा पनि ?
बरु नेपालको राजनीति उतै छाडेर सवै मिली दल र गुट भन्न छाडी आफ्नो अमुल्य समय राम्रो काममा परिवारलाई , समाज सेवामा मात्र लगानी गर्दा पनि कति राम्रो कति राम्रो , सुन्दा पनि राम्रो , देख्दा पनि राम्रो ....इत्यादी इत्यादि तर यस्ता भावनात्मक कुराहरु , सुझावहरु कान टट्टयाउने र एलर्जिक भैसकेकाछन् , पुराना , ओसिएका नारा भै सकेका छन् ! सन्दर्भ अब हुन गैरहेको एन आर एन वल्जियमको निर्वाचनको हो ! विभिन्न गुटहरुले बिभिन्न अनुहारमा र बिभिन्न बहानामा यसरि हाम्रो ( अमुल्य ? ) भोट माग्न थालीसकेकाछन की मानौं हामी बिना उनीहरु बाँच्नै सक्तैनन् , हाम्रो मत बिना उनीहरुको "" पवित्र उद्देश्य"" देश सेवा र समाज सेवाको पवित्र सपना चकनाचूर हुनेछ !
 तर कसरि कसरि हरेक पटक चाही नचाही जानी नजानी हाम्रो मत तिनीहरुकै राजनीतिक पन्जाहरुमा जकड़ीरहेको छ र पनि भन्न छाड्दैनौं कि I HATE POLITICS , I HATE POLITICIANS ..... I AM FADE UP OF ....
तर यस पटक स्वतन्त्र सानो तर सकारात्मक सोच राख्ने सानो जमात मिलेर संयुक्त रुपमा आफ्नो भावनाको प्रतिनिधित्व हामीले आफै गर्नु पर्छ भनेर एन आर एन वेल्जियमको निर्वाचनको निमित्त तयारि गर्दै जानु पर्छ ! यदि यो रणनीतिले अगाडी जानेहो भने पक्कै पनि ति बिभिन्न दल , गुट र स्वार्थका हिमायतीहरु लाई विस्तारै तिर्मिराउने गरि पछार्न सक्नेछौं !
नेपाल र नेपालीको हित गर्न ""घटिया"" ""बिहारी "" राजनीति गर्न जरुरि छैन र कसैको पीटठु बन्न आवस्यक छैन भन्ने उदाहरण प्रस्तुत गर्न सक्छौं ! अति भयो पार्टी , गुट , गुटवन्दी राजनीति , राजनीतिक लुछा चुँड़ी !देखाई दिउँन हो मिलेर यसपाली , छ कोहि ?
जे.बि.शेर्पा tongmarmendok@gmail.com

Total Pageviews