Saturday, April 16, 2011
माओवादीमा गृहमन्त्री छान्न विवाद
माओवादीले गृहमन्त्री पठाउने विषयमा विवाद भएपछि शनिबार अपरान्ह अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको पदाधिकारी बैठकले बैशाख ७ र ८ गते पोलिटब्युरो बैठक बोलाएको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । दाहालले गृहमन्त्रीमा वर्षमान पुनलाई प्रस्ताव गरेपछि उपाध्यक्ष मोहन वैद्यले आपत्ति जनाएपछि विवाद झन् बढ्दै गएको थियो । वैद्यले भने स्थायी समिति सदस्य देव गुरुङलाई गृहमन्त्री नबनाए पार्टीले सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिंदै आएका छन् ।
वर्षमान कि देव गुरुङमा विवाद भएपछि यस विवादलाई चासो नदिएका अर्का उपाध्यक्ष बाबुराम भट्टराईले मध्यमार्गी नेता कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । महरा अहिले उपप्रधान एवं सूचना तथा सञ्चार मन्त्री छन् ।