Saturday, December 25, 2010
नियमित अधिवेशनको मिति तय गर्ने विषयमा सत्ता साझेदार दलको बैठक बालुवाटारमा
प्रधानमन्त्री माधवकुमार नेपालको आब्हानमा संसदको नियमित अधिवेशनका बिषयमा छलफल गर्न सत्तारुद्ध दलको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रमुख तीन दलबचि भएको सहमति र नियमित अधिवेशन आब्हान गर्ने बिषयमा छलफल केन्द्रीत भएको बुझएको छ। श्रोतका अनुसार प्रधामन्त्री नेपालले भोलि राष्ट्रपतिलाई भेटेर आगामी साता हिउँदे अधिवेशन आब्हान गर्न सिफारिस गर्ने तयारी गरिरहनु भएको छ। प्रमुख तीन दलबीच माओवादीले विशेष अधिवेशनको प्रस्तावि फिर्ता लिने र सरकारले एक साता भित्र संसदको नियमति अधिवेशन बोलाउने सहमित भएको थियो। सहमति अनुसार माओवादीले विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिइसकेको छ।