Monday, December 20, 2010

हाम्बर्ग, जर्मनीमा ल्होसार मनाइदैं

योगेन्द्रमिलन छन्त्याल, हमबर्ग, २ पुस / विगत वर्षहरुमा जस्तै यस वर्ष पनि जर्मनीको हाम्बर्गमा ल्होसारको अवसरमा भोजन, साँगीतिक तथा संस्कृतिक प्रस्तुतिकासाथ ल्होसार साँझ २०६७ मनाइने भएको छ । कार्यक्रम गुरुङहरुको जातिय संस्था तमु समाज हाम्बर्गको आयोजनामा डिसेम्बर २३ का दिन साँझ ८ बजेदेखि श्लेन्चिग स्ट्रास्से ११, फेदेल, हाम्बर्गमा हुने समाजका अध्यक्ष लालबहादुर गुरुङले हामीलाई जानाकारी दिनुभएको छ । समाजले हाम्बर्ग तथा आसपासमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा उपस्थित भइ कार्यक्रमलाई भव्यताकासाथ सफल पार्न सहयोग गरिदिनका लागि अनुरोध पनि गरेको छ ।

Total Pageviews