Sunday, November 21, 2010
इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीद्धारा फुलहम चार एक गोल अन्तरले पराजित
अर्जेन्टाइन स्टार कार्लाेस टेभेजको दुई गोलको मद्दतले इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले फुलहमलाई चार एक गोल अन्तरले पराजित गरेको छ। अओए म्याचमा सिटीलाई जित दिलाउन टेभेजले छैठौं र छपन्नौं मिनेटमा गोल गर्दा जाबलेटा र यय टोउरेले एक एक गोल गरेका थिए। फुलहमको लागि जोल्टान गेराले एक गोल फर्काए। यो जितपछि चौध खेलबाट पच्चिस अंकसहित सिटी लिडर चेल्सी भन्दा ती अंकले पछि लिगको चौथो स्थानमा कायमै छ। उता यष्टन भिल्लालाई भने ब्ल्याकवर्नले दुई शुन्य गोल अन्तरले पराजित गरेको छ। ब्ल्याकबर्नको जीतमा दुवै गोल पेडर्सनले गरेका थिए।