Tuesday, November 9, 2010

तराइमा मनाइने सबैभन्दा ठूलो पर्व छठ पर्व आजदेखि सुरु

तराइमा मनाइने सबैभन्दा ठूलो पर्व छठ पर्व आजदेखि सुरु भएको छ। यो पर्व चार दिनसम्म मनाइन्छ। तराइमा यो पर्व मनाउन सुरु गरिएको छ। चतुर्थी तिथिमा पर्ने पर्वको पहिलो दिनलाई अरबा अरबाइन वा नाहन खान भनिन्छ। ब्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदोलगायत परित्याग गरी उक्त दिनदेखि नै ब्रत बस्न थाल्छन्। पञ्चमी तिथि अर्थात् दोस्रो दिनलाई खरना भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिउको झोलले भुईमा अरिपन कोरी ब्रतालुले उक्त दिनभर पानी समेत नखाई ब्रत बस्छन् र राति चन्द्रमा निस्केपछि चन्द्रमालाई भोग लगाएर प्रसाद ग्रहण गर्छन्। यस दिनपछि ब्रतालुले पूर्ण व्रत र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर त्यसको पिठोबाट गुलियो खाद्य सामाग्री बनाइन्छ। सोही दिन गुलियो खाद्य सामाग्रीसमेत बनाइने गरिन्छ। अन्न बाहेक पिरुपिया, ठकुआ, भुसुवा, खजुरी, फलफूल तथा मूला, गाजर, बेसार। ज्यामिर, नरिवल, सुन्तला, केरा, नांग्लो, कोनिया, सरवा, ढाकन, माटोको हाथी, ठूलो ढक्कीमा राखि परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवंम् लोकगीत गाउँदै नदी किनारा वा पोखरी नजिक पुग्छन्। ब्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्। यस क्रममा उनीहरुले दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता, फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताइरहेका सूर्यलाई अर्पण गर्छन्। पर्वको चौथो दिन जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातकालीन सूर्यलाई अर्घ दिएपछि छठ पुजा समाप्त हुन्छ। तराईका जनकपुर, बीरगन्ज लगायतका क्षेत्रमा उल्लासमय रुपमा यो पर्व मनाउने गरिन्छ भने काठमाडौंमा विभिन्न नौ स्थानमा छठ मनाइने बताइएको छ।

Total Pageviews