Tuesday, November 9, 2010
भारतीय माओवादीलाई नेपालका माओवादीले तालिम दिएको भन्ने बारे सरकारले छानविन गर्ने परराष्ट्रमन्त्री कोइरालाको भनाइ
उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा माअेावादीले भारतीय माओवादीलाई तालिम दिएको विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताउनुभएको छ। भारतीय दूतावासले तालिमका विषयमा सरकारलाई लेखेको पत्रका बारेमा जानकारी दिन आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री कोइरालाले तालिम दिएको विषयमा छानविन गरिने बताउनुभयो। उहाँले त्यसका लागि छानविन समिति गठन गर्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने बताउनुभयो।
मन्त्री कोइरालाले यदि माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भए उक्त कार्य शान्ति प्रक्रिया बिरुद्ध रहेको बताउनुभयो। यस अघि प्रधानमन्त्री माधवकुमार नेपालले दूतावासको पत्रका बिषयमा आफूलाई जानकारी नभएको बताउनुभएको थियो। तर, उक्त पत्रका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइसकिएको परराष्ट्रमन्त्री कोइरालाले बताउनुभयो।