Friday, November 12, 2010
नयाँ सरकार गठन नहुनुमा भारत दोषी रहेको नेमकिपा अध्यक्षको दावी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले नचाहँदासम्म नेपालमा नयाँ सरकार गठन हुन नसक्ने दावी गर्नुभएको छ। पूर्ण बजेट ल्याउन समेत भारतले रोकेको बिजुक्छेले जिकिर छ। भक्तपुरमा आज आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले तीन दलबीच जती सुुकै गोप्य वार्ता भएपनि भारतले नचाहेसम्म सहमति नहुने दावी गर्नुभयो। दिल्लीले सहमतिका लागि निर्देशन दिए तीन दलबीच तत्काल सहमति हुन्छ, बिजुक्छेले भन्नुभयो।
निरन्तर राष्ट्रपतीय शासनको वकालत गर्दै आउनुभएका अध्यक्ष बिजुक्छेले राष्ट्रपतीय शासन आफू अनुकुल नहुने भएकैले भारतले अस्वीकार गरेको दावी समेत गर्नुभयो। नेपालका माओबादीले भारतीय माओबादीलाई तालिम दिएको भन्ने आरोप नेपालमा आफ्नो प्रभुत्व बढाउन भारतले रचेको अध्यक्ष बिजुक्छेले टिप्पणी गर्नुभयो।