Tuesday, November 9, 2010
इङ्गलिस प्रिमियर लिगमा टोटेनहम र सण्डरल्याण्ड एक एक गोलको बराबरीमा
युरोपियन च्याम्पियन्स लिगमा डिफेन्डिङ्ग च्याम्पियन इटालियन जाइन्ट क्लव इन्टर मिलानलाई पराजित गरेको टोटेनहमलाई इङ्गलिस प्रिमियर लिगमा सण्डरल्याण्डले भने एक एक गोलको बराबरीमा रोकेको छ। खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपछि चौसठ्ठीऔं मिनेटमा भ्यानडर भार्टले टोटेनहमलाई अग्रता दिलाएका थिए। तर, तीन मिनेट पछि नै जियानले गोल गर्दै टोटेनहमलाई एक एकको बराबरीमा रोक्न सफल भए। यो बराबरीपछि बाह्र खेलबाट सोह्र अंकसहित टोटेनहम लिगको छैठौं स्थानमा छ। प्रिमियर लिगमा चेल्सीको तीन अंकको अग्रता कायमै छ। पच्चिस अंकसहित डिफेन्डिङ्ग च्याम्पियन चेल्सी शीर्षस्थानमा रहँदा तेइस अंक जोडेको मेन्चेष्टर युनाइटेड दोस्रो स्थानमा रहेको छ। आज राती हुने महत्वपूर्ण खेलमा मेन्चेष्टर युनाइटेडले चीर प्रतिद्वन्द्वी मेन्चेष्टर सिटिको सामना गर्दैछ भने चेल्सीले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ।