Tuesday, November 9, 2010

शान्ति प्रक्रिया टुङ्ग्याउन माओवादी तयार भए मात्र नयाँ सहमति जुट्ने प्रधानमन्त्री नेपालको भनाइ

प्रधानमन्त्री माधबकुमार नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन एकीकृत नेकपा माओवादी तयार भएमात्र नयाँ सहमति जुट्ने बताउनुभएको छ। सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको ९५औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले लडाकू समायोजन र पुर्नस्थापनाका लागि माओवादी तयार भएमात्र सहमति जुट्न सक्ने बताउनुभएको हो। प्रधानमन्त्री नेपालले माओवादीले बजेट ल्याउन नदिएर राज्य संरचनालाई ध्वस्त बनाई लाभ उठाउन खोजेको आरोप पनि लगाउनुभयो। उहाँले कात्तिक मसान्तसम्ममा नयाँ सरकार बन्न नसकेमा यही सरकारले बजेट ल्याउने दाबी गर्नुभयो। सोही कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले हतियार र लडाकू त्याग्न माओवादी तयार भएमात्र नयाँ सहमति हुनसक्ने बताउनुभयो। कार्यक्रममा अधिवक्ता शम्भु थापालाई दुई हजार बैसट्ठी/ त्रिसट्ठीको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकोमा उनको योगदानको कदर गर्दै स्वर्ण पदकबाट सम्मानित गरिएको थियो। प्रतिष्ठानले प्रत्येक वर्ष एक जनालाई स्वर्ण पदकबाट सम्मान गर्ने गर्दछ।

Total Pageviews