Saturday, November 6, 2010

यम पञ्चकको तेस्रो दिन आज गाई तिहार, लक्ष्मीको प्रतीक गाईको पूजा गरिँदै

आज यमपञ्चकको तेस्रो दिन, घरघरमा लक्ष्मीको प्रतीक गाईको पूजा गरिँदै छ। आज गाईलाई मिठामिठा खानेकुरा दिई विभिन्न रंगका टीका लगाइदिने गरिन्छ। जनैपूर्णिमाका दिन लगाइएको रक्षाबन्धन आजै गाईको पुच्छरमा बाँध्ने पनि परम्परा छ। हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताको रुपमा मान्छन्। कुनैपनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने तथा गाईको गहुँत सबैतिर छर्केर आफ्नो घर शुद्ध पार्ने हिन्दु संस्कार छ। गाईलाई पशुधनको रुपमा पनि लिइन्छ। गाईको दूध र दूधबाट बनेका परिकारहरु मानिसका लागि अति नै उपयोगी मानिन्छ। भोलि बिहान गोवर्द्धन पुज्नु उत्तम हुने ज्योतिषशास्त्रीहरुले बताएका छन्। बिहान गोबर्द्धन पूजा गर्ने र त्यसपछि भाइटीका लगाउन मिल्ने ज्योतिषशास्त्रीहरुले बताएका छन्।

Total Pageviews