Saturday, November 6, 2010
रुकुमको रुकुमकोटमा जीप दृर्घटना, ४ जनाको मृत्यु, १३ जना घाइते
रुकुमको तितेचौरमा यात्रुबाहक जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यू भएको छ। मृत्यु हुनेमा दुई महिला र दुई जना बालबालिका रहेका छन्। प्रहरीका अनुसार मृत्यु भएका मध्ये सकमकोट गाविस तीन की तीस वर्षीया सुधा बिसी र उनकै छ वर्षीय छोरा समीप तथा शिवरथ गाविसकी एकाउन्न वर्षीय बधाउरी आचार्यको सनाखत भएको छ भने बाँकी एक बालकको सनाखत हुन सकेको छैन। सोही दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक होमजंग चौहानले जानकारी दिनुभयो। घाइतेको उद्धारका लागि सदरमुकामबाट दुइवटा एम्बुलेन्सलाई चिकित्सक सहित घटनास्थल पठाइएको पनि चौहानले जानकारी दिनुभयो। दाउन्नेबाट पुरानो सदरमुकामतर्फ जाँदै गरेको लु१ख उन्नाइस शुन्य छ नम्बरको जिप रुकुमकोट गाविस वडा नम्बर १ स्थित तितेचौरमा दुघर्टना भएको हो। दुर्घटनास्थल सदरमुकाम देखि करिव तीन घण्टाको दुरीमा रहेको पनि चौहानले जानकारी दिनुभयो।।
यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुलीपुलमा बस दुर्घटना हुँदा एघार जना घाइते भएका छन्। काठमाडौंबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ३ ख असी तेइस नम्वरको बस महुलीपुलमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये पाँच जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र छ जनाको महुलीकै उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ।