Friday, November 5, 2010

प्रमुख तीन दलका शीर्ष नेताहरुको गोप्य बैठक काठमाण्डौको हात्तिवन रिसोर्टमा आज पनि जारी

विद्यमान राजनीतिक गतिरोधको अन्त्य र आपसी विवादलाई हटाउने उद्देश्यका साथ हिजोदेखि सुरु भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको गोप्य बैठक आज पनि जारी छ। काठमाडौंको सेतीदेवी गाविस वडा नम्बर एक पिखेलस्थित हात्तिवन रिसोर्टमा हिजो बिहानदेखि सुरु भएको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष शीर्ष नेताहरुको सहभागिता रहेको छ। बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधान लेखनका क्रममा देखिएका विवाद तथा शान्ति प्रक्रियासँग जोडिएका विषयमा सहमति कायम गरिने नेताहरुले बताएका छन्। यसै बैठकबाट दलहरुबीचको अविश्वासको वातावरण हट्ने अबरुद्ध राजनीतिले निकास पाउने नेताहरुले दाबी गरेका छन्। सहमति कायम गरेर मात्रै नेताहरु हात्तिबन रिसोर्टबाट बाहिरिने बताएका छन्। एकान्त ठाउँको खोजी गर्दै हात्तिवन रिसोर्ट पुगेका नेताहरुको यो बैठकलाई सर्वत्र चासो र जिज्ञाशाको रुप्मा हेरिएको छ। सञ्चारकर्मीलाई बैठक स्थलमा पहुँच नदिएकाले पनि बढी चासो देखिएको छ। शीर्ष नेताहरु रहेको हात्तिवन रिसोर्ट वरपरका क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने अस्थायी रुपमा सुरक्षाकर्मीका पोष्ट पनि स्थापना गरिएको छ।

Total Pageviews