Sunday, November 21, 2010
बस्ति विस्तार योजनालाइ नरोकेसम्म इजरेलसँग शान्ति वार्ता हुन नसक्ने प्यालेष्टिनी नेता महमूद अब्बासको भनाइ
प्यालेष्टिनी नेता महमुद अब्बासले पूर्वी जेरुसलेमसहित अन्य क्षेत्रमा इजरेलले बस्ती विस्तार योजना नरोकेसम्म शान्ति वार्ता हुन नसक्ने बताएका छन्। अमेरिकाले इजरेललाई पशिचमी किनारामा बस्ती विस्तार योजना रोक्न पहल गरिरहेकै बेला उनको यो भनाइ सार्वजनिक भएको हो। अब्बासले यस अघि पनि वस्ती विस्तार योजना रोक्नु पर्ने बताउदै आएका थिए। यद्यपी अहिलेको उनको यो भनाईलाई महत्वका साथ लिइएको सम्बन्धित विज्ञहरु बताउँछन्। उता, इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले आफ्नो मन्त्रीम48डललाई पश्चिमी किनारामा ९० दिनको लागि बस्ति विस्तार योजना स्थगित गर्न आग्रह गर्ने तयारीमा रहेको बुझएको छ। पछिल्लो समयमा मध्यपूर्व शान्ति वार्ता सफल पार्न अमेरिकी राष्ट्रपति बाराक ओवामाले समेत गम्भीरताका साथ चासो व्यक्त गरिरहेकाले पनि अब्बास र नेतान्याहुको अभिव्यक्तिलाई महत्वका साथ हेर्न थालिएको छ। अमेरिकी दवावकै कारण नेतान्याहू ९० दिनको लागि बस्ति विस्तार योजना स्थगत गर्ने पक्षमा देखिएको बताइएको छ।