Sunday, November 21, 2010

लडाकूलाई शिविर फर्कन नदिने संस्कृति मन्त्रीको चेतावनी

संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले एकीकृत माओवादीको बिस्तारित बैठकमा सहभागी हुने माओवादी लडाकूलाई सरकारले शिविरमा फर्कन नदिने चेतावनी दिनुभएको छ। प्रेस युनियनद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रिजालले शान्तिप्रक्रियाको मर्म र विभिन्न सम्झौता विपरीत माओवादी लडाकू पार्टीको बिस्तारित बैठकमा सहभागी भएको उल्लेख गर्दै उनीहरुलाई कुनै पनि हालतमा शिविरमा फर्कन नदिने दावी गर्नुभयो। बिस्तारित बैठकमा क्यान्टोनमेन्टका लडाकूलाई सहभागी गराएर माओवादीले शान्तिप्रक्रिया बिथोल्न खोजेको पनि मन्त्री रिजालको आरोप थियो। लडाकूसँगको सम्बन्धविच्छेद नगर्ने माओवादी चाहले संविधान लेखन र शान्ति प्रक्रियामा गम्भीर प्रश्नचिन्ह खडा भएको बताउँदै रिजालले माओवादीका अराजक गतिविधि जारी रहे सहमतिको यात्रा अन्त्य हुने चेतावनी समेत दिनुभएको छ।

Total Pageviews