Sunday, November 21, 2010

अहिलेको प्राथमिकता शान्ति र संविधान होः भट्टराई

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानलाई पूर्णता दिन अन्तिम समयसम्म लडिरहनुपर्ने बताएका छन् । क्रान्तिका नाममा आफ्नो देश सुहाउँदो मौलिक क्रान्तिले मात्र उपलब्धि हासिल हुने बताउँदै उनले अहिलेको प्राथमिकता शान्ति र संविधान भएको उल्लेख गरे । सोमबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै भट्टराईले शान्ति र संविधानका विरुद्ध प्रतिगामी तत्वले शिर उठाए त्यसको प्रतिवाद गर्न जनतालाई तयारी अवस्थामा राखिने बताए । उनले जातिय, लैङकि र क्षेत्रीय उत्पिडनको अन्त्य गर्ने गरी राज्यको अग्रगामी पुनःसंरचना गर्दै सहभागिता मूलक लोकतन्त्रका लागि आफ्नो प्रतिवेदन केन्द्रित रहेको बताएका छन् ।

Total Pageviews