Saturday, October 23, 2010
महासेनानी राजु वस्नेतको कार्यकाल थपिएकोमा राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयको चिन्ता
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले महासेनानी राजु वस्नेतको कार्यकाल दुई वर्ष थप गरिएकोमा गम्भीर चिन्ता ब्यक्त गरेको छ। उक्त कार्यालयले शुक्रबार विज्ञप्ती जारी गरि सरकारको ध्यानाकर्षणसमेत गराएको छ। ओएचसिएचआरले यस अघि नै मानव अधिकार उलंघनमा मुछिएका कर्मचारीहरुलाई अनुसन्धान अवधीभर निलम्वन गर्न सिफारिस गरेको थियो। कार्यालयले महासेनानी राजु वस्नेतको कार्यकाल थप गर्ने निर्णय द्वन्द्वपीडितहरुका लागि न्याय सुनिश्ति गर्ने कार्यबाट एक कदम पछाडि हट्ने कार्य भनेको छ। यस सम्वन्धी आफ्नो निर्णयमा पुनर्विचार गर्न तथा यस्त्ाा घटनामा मुछिएका अधिकारीहरुको कार्यकाल थप गर्ने वा बढुवा गर्ने जस्ता निर्णय पूर्ण, पारदर्शी र निष्पक्ष अनुसन्धान नभएसम्म नगर्न कार्यालयले सरकारलाई आग्रह पनि गरेको छ। मन्त्रीपरिषदको बुधवारको बैठकले महासेनानी वस्नेतसहित चार सैनिक अधिकृतको दुई वर्षका लागि कार्यकाल थप्ने निर्णय गरेको थियो। द्वन्द्वको समयमा महाराजगञ्जस्थित भैरवनाथ गणमा थुनामा रहेका ५९ जना वन्दीलाई बेपत्ता बनाएको आरोप छ। उक्त समयमा बस्नेत भैरवनाथ गणका प्रमुख थिए।