Saturday, October 23, 2010
महोत्तरी जिल्लासँग जोडिएका सीमा नाका आजदेखि ४८ घण्टा सम्मका लागि बन्द
भारतको विहारमा जारी विधानसभा निर्वाचनलाई मध्य नजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका सीमा नाका आजदेखि ४८ घण्टा सम्मका लागि बन्द गरिएको छ। सितामढी जिल्लामा आइतबार हुने विधान सभा निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। सीतामढी जिल्लासँग ३० किलोमिटर सीमा जोडिएको महोत्तरीको सुगा, जलेश्वर, नैन्ही, बथनाहा, सिस्वाकट्टैया, इटहर्वाकट्टी, पोखरभिण्डा, गैंडाभेटपुर, सम्सी, रघुनाथपुर र खैरबन्नी गरी ११ गाउँ विकास समितिको नाकामा सीमा बन्द गरिएको छ। सीमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएपछि सीमा क्षेत्रको दैनिक गतिविधि ठप्प भएको छ। प्रमुख र सहायक सीमाना बन्द गरिएपछि भन्सार गतिविधि पनि ठप्प बनेको छ। नेपाल तर्फ आउने सर्वसाधारणले कडा सुरक्षा जाँचको सास्ती खेपेका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार नाकामा नेपाल र भारत दुवै तर्फका उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अत्यावश्यक सेवा बाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिराको बेच विखनमा रोक लगाइएको छ