Friday, October 1, 2010

आपराधिक क्रियाकलापमा संलग्न एकै गिरोहका सोह्रजना हतियारसहित राजधानीमा पक्राउ

प्रहरीले मैतीदेवीस्थित एक निजी घरमा छापा मारी सोह्र जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली सहित भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ। आज हुने एमबीबीएस परीक्षाको प्रश्न पत्र बाहिरिदै छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग गौशालाले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो। परीक्षामा सहभागी हुन उनीहरु त्यहाँ जम्मा भएको बताइएको छ। प्रहरीले उनीहरुको साथबाट अमेरिकामा बनेका दुईवटा पेस्तोल र त्यसमा लोड गरिएका नौ राउण्ड गोली बरामद गरेको छ। प्रश्न पत्र बनाइएको आशंकामा प्रहरीले एउटा कम्प्युटर पनि बरामद गरेको छ। प्रहरीले छापा मारेको घर निम्ससँग सम्बद्ध नविन शर्माले भाडामा लिएर प्रयोग गरेको बताइएको छ। पक्राउ परेका सबै जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको प्रहरी निरीक्षक सन्तोष राठौरले जानकारी दिनुभयो। प्रहरी स्रोतका अनुसार शिक्षा कार्यालय पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी पनि पक्राउ परेका छन्। तर, प्रहरीले पक्राउ परेका व्यक्तिहरुको विवरण खुलाएको छ। प्रहरीले अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि सार्वजनिक हुने बताएको छ।।

Total Pageviews