Friday, October 1, 2010

ग्लोबल पिस फेस्टीवल साउथ एसिया–दुई हजार दश अतर्गत आज दशरथ रंगशालामा विशेष कार्यक्रम, राष्ट्रपति डाक्टर यादवले उदघाटन गर्नुहुने

वसुधैव कुटुम्बकम् भन्ने मूल नाराका साथ काठमाडौंमा जारी ग्लोवल पिस फेस्टिवल साउथ एसिया दुई हजार दश अन्तर्गत आज दशरथ रंगशालामा बृहत सम्मेलन हुँदैछ। फेस्टिवलको अपरान्ह एक एक बजे राष्ट्रपति डाक्टर रामवरण यादवले भव्य समारोहका बीच उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ। शान्ति र संविधान लेखनमार्फत् आर्थिक विकासमा दबाब सिर्जना गर्न पिस फेस्टिवलको आयोजना गरिएको फेस्टिवल आयोजकको भनाइ छ। फेस्टिवलमा नेपालको शान्ति प्रक्रियासँगै बिभिन्न संस्कृतिसँग सम्बन्धित झाँकी र विषयबस्तु प्रदर्शन गरिने छ। फेस्टिवलको उद्घाटन समारोहमा करिव चालीस हजार मानिसको सहभागिता रहने बताइएको छ। फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको ग्लोबल पिस फेस्टिवल साउथ एसिया सचिवालयले जनाएको छ। यस अघि फेस्टिवलकै अवसरमा बिहीबार वाग्मती सफाइ गरिएको थियो भने शुक्रबार लिडरसिप कन्फेरेन्स सम्पन्न भइसकेको छ। कन्फेरेन्सको शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु भएको थियो।।

Total Pageviews