Friday, October 1, 2010
आगामी रणनिति जानकारी गराउन रामचन्द्रको पत्रकार सम्मेलन
प्रधानमन्त्रीका एक्लो उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आज पत्रकार सम्मेलन गरी आफ्नो आगामी रणनिति सार्वजनिक गर्दै हुनुहुन्छ । दिउसो २ बजे काँग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा हुने पत्रकार सम्मेलनमा आगामी दिनमा आफुले चाल्ने कदम, आफ्नो उम्मेदवारी फिर्ताका लागि अन्य दलहरुले गर्नुपर्ने कामका बारेमा जानकारी दिने उहाँ निकट श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिन एकिकृत नेकपा माओबादी, नेकपा एमाले लगाएतका दलहरुले दवाव दिइरहेका बेला उहाले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । पत्रकार सम्मेलन मार्फत उहाले उमेदवारी फिर्ताका लागी केही शर्तहरु सार्वजनिक गर्ने बताइएको छ । व्यवस्थापिका संसदमा नवौ पटक सम्म भएको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन सकेको छैन । आठौ र नवौ पटकको निर्वाचनमा पौडेल एक्ला उमेदवार भएपनि बहुमत ल्याउन सक्नु भएको छैन । प्रधानमन्त्री चयनका लागी १० औ पटकको निर्वाचन आउदो २० गते हुदै छ । प्रधानमन्त्री चयनहुन नसक्दा प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजिनामा दिएपछि मुलुक सरकार विहिन अवस्थामा रहेको छ ।
