Friday, October 1, 2010

जनताको काम निष्पक्ष गर : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले जनताको काम निष्पक्ष तरिकाले छिटोछरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शनिबारबाट सुरु हुन लागेको राष्ट्रिय अधिबेशन उद्घाटनको लागि हेटौडा पुग्नु भएका नेपालले कर्मचारीहरुलाई त्यहाका सरकारी कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो । मुलुक र जनता देशमा लोकतन्त्र स्थापना पछि नयाँ युगमा प्रवेश गरेकोले कर्मचारीहरुको पुरानै शैली रहेमा जनतालाई परिवर्तनको आभाष हुन नसक्ने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री नेपालले कर्मचारी भनेका स्थायी सरकार भएकाले सरकार गठन, पुनर्गठन र विघटनप्रति चासो नदिई इमानदारीका साथ आफ्नो कर्तव्य पालना गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Total Pageviews