Monday, October 4, 2010

पाकिस्तानी भूमिमा अमेरिकी चालकरहित विमानबाट आक्रमण जारी, अल कायदाका ८ जना लडाकूको मृत्यु

अमेरिकी चालकरहित विमानबाट पाकिस्तानी भूमिमा गरिएको पछिल्लो आक्रमणमा अलकायदा समूहका कम्तीमा ८ जना लडाकू मारिएका छन्। उत्तरी बजिरिस्तानस्थित स्थानीय आदिवाशी नेताको घरलाई लक्षित गरी चालकरहित विमानबाट क्षेप्यास्त्र आक्रमण गरिएको अधिकारीहरुले बताएका छन्। मारिनेमा अरबी र टर्किस मूलका ३ जना जर्मन नागरिक पनि रहेको बताइएको छ। उनीहरु पनि अल कायदाकै सदस्य भएको अमेरिकी अधिकारीको दाबी छ। पछिल्लो समयमा अमेरिकाले पाकिस्तानी भूमिमा चालकरहित विमानबाट गरिने क्षेप्यास्त्र आक्रमणलाइ तीव्र बनाएको छ।।

Total Pageviews