Monday, October 4, 2010

चिकित्सकलाई दुर्व्यबहार गरेको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरुद्धारा आज एक घण्टा अस्पतालको अन्तरंग र बहिरंग सेवा बहिष्कार

बिरामीका आफन्तले कार्यस्थलमा रहेका चिकित्सकलाई दुर्व्यबहार गरेको भन्दै वीर अस्पतालका आवाशीय चिकित्सकले आज एक घण्टा अस्पतालको अन्तरंग र बहिरंग सेवा बहिष्कार गरेका छन्। उनीहरुले बिहान दश बजेदेखि एघार बजेसम्म सेवा बहिष्कार गरेका हुन्। अल्ट्रासाउण्ड गर्ने क्रममा पालोमा बसेका बिरामीको सट्टा अर्कै बिरामीलाई समय दिएको भन्दै एक जना बिरामीका अफन्तले हिजो एक चिकित्सकमाथि दुर्व्यवहार गरेको बताइएको छ। अस्पतालमा २ सय छप्पन्न आवाशीय चिकित्सक छन्।।

Total Pageviews