Saturday, October 16, 2010
ऐतिहासिक धार्मिक नगरी जनकपुरको राजदेवी शक्तिपिठमा तेह्र हजार पाँच सय बाउन्न बोकाको बली
ऐतिहासिक धार्मिक नगरी जनकपुरको राजदेवी शक्तिपिठमा तेह्र हजार पाँच सय बाउन्न बोकाको बली दिइएको छ। प्रत्येक वर्ष महाअष्टमीका दिन मात्रै मेला लाग्ने राजदेवी मन्दिरमा हिजो साँझ आठ बजेबाट बली चढाउन शुरु गरिएको थियो। आज बिहान पउने छ बजेसम्म निरन्तर बली दिइएको राजदेवी मूल पूजा समितिका संयोजक राजा ठाकुरले जानकारी दिनुभयो। श्रद्धा र आस्थाका प्रतिक मानिने राजा जनकको कुल देउताको रुपमा राजदेवी मन्दिरलाई लिइन्छ। भाकल गरेका श्रद्धालुले बोकाको बलीका लागि हिजो बिहानैदेखि लाइनमा बसेका थिए। गतवषको महाअष्टमीमा एघार हजार सातसय बोकाको बली दिइएको थियो। यता जनकपुरमा बली प्रथाको विरुद्धमा विभिन्न संघसंस्थाले एकसाता अघि देखि नै अभियान थालेका थिए।