Saturday, October 16, 2010
संघीय न्यायप्रणालीबारे अध्ययन गर्न संविधानसभाका अध्यक्ष नेम्वाङको नेतृत्वमा उच्चस्तरीय टोली क्यानडामा
संसद सचिवालयको एक उच्चस्तरीय टोली दस दिने भ्रमणका क्रममा आज क्यानडा जाँदैछ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा जान लागेको टोलीमा एमाले सभासद् अग्नि खरेल, एकीकृत माओवादीका पम्फा भूषाल र एकराज भण्डारी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरी र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइ र संसद सचिवालयका कानुनी सल्लाहकार टेक प्रसाद ढुंगाना रहेका छन्। टोलीमा नेपाल बार एशोसिएसनका पदाधिकारी पनि रहने छन्। क्यानडा सरकार र क्यानडा बार एशोसिएशनको संयुक्त निमन्त्रणामा जान लागेको टोलीले त्यहाँ रहँदा संघीय न्याय प्रणालीका विषयमा अध्ययन गर्ने बताइएको छ। दस दिने लामो भ्रमण भए पनि सभाध्यक्ष नेम्वाङ र महासचिव भट्टराई कात्तिक आठ गते नै स्वदेस फर्कनु हुने छ भने टोलीका अन्य सदस्य भने कात्तिक एघार गते मात्र फर्कने कार्यक्रम रहेको नेम्वाङका निजी सचिव सुदर्शन कुइकेलले जानकारी दिनुभयो।
