Saturday, October 16, 2010
राजधानीको हनुमान ढोका दरबार कोतघर लगायत ,दसैंघरमा हर्ष वढाइका साथ कोत पुजा र निसान पूजा
घटस्थापनादेखि जारी रहेको देशभरका शक्तिपिठहरुमा नवदुर्गा भगवतीको पुजाआर्चना गर्ने क्रम आज नवौ दिन पनि जारी छ। वडादसैंको नवौं आज महानवमीका अवसरमा दसैंघर, कोत तथा विभिन्न देवीका मठ मन्दिर तथा शक्ति पिठहरुमा वोका, हास, कुखुरा र राँगाको वलि दिने गरिन्छ। यस पर्वमा कोतहरुमा हर्ष वढाइका साथ कोत पुजा र निसान पूजा पनि गरिन्छ। यसैगरी आजै राजधानीको हनुमान ढोका दरबारका साथै नेपाली सेनाका व्यारेक तथा गुल्महरुमा पनि बाजागाजा सहित वलि दिएर जङ्गी निसान तथा कोत पुजा गर्ने प्रचलन छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङ कोत घरमा पुगी हतियार तथा निसानको पूजा गर्नु भएको थियो।
