Saturday, October 16, 2010
चिलीको सुनखानीबाट उद्दार गरिएका कामदारहरु स्वास्थ्य परिक्षणपछि घर फर्कने क्रम जारी
चिलीका राष्ट्रपति सेवास्टियन पिनेराले सुनखानीबाट उद्धार गरिएका कामदारहरुलाई राखिएको अस्पताल पुगि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। त्यस क्रममा राष्ट्रपति पिनेराले चिलीका खानीहरुभित्र काम गर्ने स्थानमा रहेको अमानवीय अवस्थाको अन्त्य गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
यसैबीच उनान्सत्तरी दिनपछि बाहिर निकालिएका कामदारहरु मध्ये तीन जना अस्पतालमा स्वास्थ्य जाँचपछि घर फर्किएका छन् भने अन्य फर्कने तयारीमा रहेको बताइएको छ। उनीहरुलाई आफन्त, परिवार र छिमेकीले नायकको जस्तो सम्मान सहित घरमा स्वागत गरेका थिए। स्वास्थ्य अधिकारीहरुले अधिकाँश मजदुरहरु स्वस्थ पाहिएको र उनीहरु छिट्टै घर फर्किने जानकारी दिएका छन्। स्वास्थ्य अधिकारीहरुले लामो समय खानीको फोहोर र अध्याँरो सुरुङ भित्र बस्न बाध्य भएका अधिकाँश कामदारहरुको शारीरिक स्वास्थ्य राम्रो देखिए पनि उनीहरुकोे मानशिक स्वास्थ्यको विषयलाई ध्यान दिनु पर्ने बताएका छन्। जमिन मुनीको सात सय मिटर गहिरो सतहमा उनान्सत्तरी दिनसम्म मानिसहरु बाँचेको यो पहिलो घटना हो।
Advertisement Place