Sunday, October 17, 2010

एसिया प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको तेर्‍हौं सम्मेलनमा सहभागि हुन प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग दक्षिण कोरिया प्रस्थान

प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग एसिया प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको तेर्‍हौं सम्मेलनमा सहभागि हुन आईतवार बेलुकी दक्षिण कोरिया जानुभएको छ। दक्षिण कोरियाको राजधानी सोलमा हुने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २८ मुलुकका सैनिक प्रमुखहरु सहभागि हुँदैछन्। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमा सुरक्षा चुनौती तथा अवलम्बन गर्नुपर्ने भावी रणनीतिका विषयमा छलफल हुने कार्यक्रम छ। कार्तिक पाँच गतेसम्म हुने सम्मेलनका क्रममा प्रधानसेनापति गुरुङ्गले आफ्ना समकक्षीहरुसँग दुईपक्षिय र बहुक्षिय हितका बिषयमा समेत छलफल गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।।

Total Pageviews