Sunday, October 17, 2010

मुम्वइ आक्रमणको विषयमा एफबीआईलाई पूर्व जानकारी भएको अमेरिकी सञ्चारमाध्यमको खुलाशा

सन् दुई हजार आठको मुम्बइ आक्रमणमा संलग्न रहेको अभियोग लागेका अमेरिकी नागरिक डेविड हेड्लीका दुई जना श्रीमतीले आक्रमण अघि आफ्ना श्रीमानका संकास्पद गतिविधीको बारेमा अमेरिकी गूप्तचर संस्था एफविआइलाई जानकारी गराएको समाचार अमेरिकी सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन्। अमेरिकाबाट प्रकाशित हुने वासिङटन पोष्टले प्रकाशित गरेको समाचारमा अमेरिकी अधिकारीहरुलाई मुम्बई आक्रमणको बारेमा पूर्व जानकारी भएको दावी गरिएको छ। गत मार्च महिनामा मात्र हेडलीले अमेरिकी अदालतमा मुम्बइ आक्रमण र पैगम्बर मुहम्मदको कार्टुन बनाउने डेनिस पत्रकारमाथि भएको आक्रमणमा आफ्नो संलग्नता रहेका स्वीकार गरेका थिए। अदलती सुनुवाइका क्रममा उनले मुम्बइ आक्रमणमा मूख्य भूमिका भएको भनिएको पाकिस्तानी लडाकु समूह लस्कर ए तोइवालाई तालिम समेत दिएको स्वीकार गरेका थिए। हेडलीले आफूलाई पाकिस्तान, भारत तथा डेनमार्क सुपुदर्गी नगर्ने शर्तमा अधिकारीहरुलाई छानविनमा सघाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। न्यूयोर्क टाइम्सले पनि हेडलीका दुई जना श्रीमतीले आफ्ना पतिका गतिविधीबारेमा मुम्बइ आक्रमणबारे एफविआईलाई पहिले नै जानकारी गराएको समाचार प्रकाशित गरेको छ। सन् दुई हजार आठको नोभेम्बर महिनामा भारतको आर्थिक राजधानी मुम्बइमा भएको आक्रमणमा परी कम्तिमा सत्तरी जनाको मृत्यु भएको थियो।

Total Pageviews