Thursday, October 21, 2010

लागूपदार्थ सेवन गर्दै गरेका ४ युवा पक्राउ

लमजुङ सदरमुकाम बेसीसहरबाट लागूपदार्थ सेवन गर्दै गरेका ४ जना युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम बेसीसहरस्थित झङ्गेखोलामा लागूपदार्थको सिरिन्ज प्रयोग गर्दै गरेका बेसीसहर–९ का रमेश केसी, सन्तोष कार्की, समिर गुरुङ र गोरखा छहरेका राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुबाट नोक्सिन सेतो नामको लागूपदार्थ ६१ थान, डाइजेपाम ७८ थान, सिप्लर ट्याब्लेट ८ वटा, सिरिन्ज ४ थान र २ वटा मोवाइल बरामद गरेको छ।

Total Pageviews