Friday, October 22, 2010

मेन्चेष्टरसिटी यूरोपालिगको शीर्ष स्थानमा

एडेवायरको ह्याट्रीकको मद्दतले पोल्याण्डको क्लव लेच पोज नान्लाई तीन एक गोल अन्तरले हराउँदै मेन्चेष्टरसिटी यूरोपालिगमा गु्रप एको शीर्ष स्थानमा उक्लेको छ। इङलिस क्लव सिटीलाई आकर्षक जीत दिलाउन घरेलु मैदानमा तेह्रौ, पच्चिसौं र त्रिरहत्तरौं मिनेटमा गोल गर्दै एडेवायरले ह्याट्रीक पुरा गरेका थिए। युरोपियन प्रतियोगितामा मेनचेस्टर सिटीबाट ह्याट्रीक पुरा गर्ने एडेवायर पहिलो खेलाडी बनेका छन्। जीतपछि तीन खेलबाट सात अंक सहित सिटी ग्रुप ए को शीर्ष स्थानमा उक्लेको छ। उता यो सिजन खराब समयबाट गुजि्ररहेको इंलिस जाइन्ट लिभरपुललाई भने इटालियन साइड नापोलीले गोल रहित बराबरीमा रोकेको छ। बराबरीपछि पनि तीन खेलबाट पाँच अंक सहित लिभरपुल ग्रुप के को शीर्षस्थानमा छ। त्यसैगरी इटालीयन जाइन्ट यूभेन्टसलाई पनि साल्जवर्गले एक एक गोलको बराबरीमा रोकेको छ।

Total Pageviews