Friday, October 22, 2010
बुटवल आसपासका क्षेत्रमा चालिस जनामा डेंगुका जीवाणु भेटिए
रुपन्देहीको बुटवल आसपासका क्षेत्रका ४० जनामा डेँगुका जीवाणु देखा परेकोछ। केहीदिन यता बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल तथा सिटी अस्पताल लगाएतका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी मध्ये चालीस जनामा यो रोगको जीवाणु भेटिएको हो। डेँगुको जीवाणु भेटिएका विरामीलाई थप उपचारका लागि काठमाडौं र चितवन पठाइएको जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो। लामखुट्टेको टोकाइवाट सर्ने यो रोग बारे आजैबाट बुटवल आसपासका क्षेत्रमा जनचेतना मुलक कार्यक्रम सन्चालन गरिने उहाँले बताउनु भयो। यो रोगका बिरामी बुटवलमा बढी देखिएपछि काठमाण्डौवाट बिशेषज्ञ सहितको टोली बुटवल जाने भएको छ। यो रोग लागेका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, जोर्नी हातगोडा दुख्ने जस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मी बताउँछन्।