Wednesday, October 6, 2010
नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्दै सूदमाथि जुत्ता प्रहार
एक कार्यक्रमको शिलशिलामा सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्नु भएका नेपालका लागि भारतीय राजदूत सुदलाई एकीकृत नेकपा माअेावादीका कार्यकर्ताले दुर्ब्यवहार गरेका छन्। सोलुखुम्बुमा स्थापित नेपाल भारत मानव विकास एवं मैत्री संघको उद्घाटनका लागि सल्लेरी पुग्नु भएका सूदलाई माओवादीका कार्यकर्ताले कालो झ48डा देखाए। योजनावद्ध रुपमा कार्यक्रम विथोल्ने प्रयासमा रहेका माओवादी कार्यकर्ताले बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीकै विचबाट सुदमाथि जुत्ता समेत प्रहार गरे। सुद सल्लेरी पुगेलगत्तै माओवादी कार्यकर्ताले सुद विरुद्ध नारावाजी गरेका थिए।
माओवादी कार्यकर्ताको बिरोध पछि कडा सुरक्षाकाबीच सुदले उक्त संस्थाको उद्घाटन गर्नु भएको थियो। एकीकृत माओवादी सम्बद्ध शेर्पा गणराज्यले मंगलबार एक विज्ञप्तिमार्फत् सूद आगमनको विरोध गर्ने सार्वजनिक गरिसकेको थियो। गणराज्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सूदको भ्रमणलाई हस्तक्षेपकारी मात्रै भनेको थिएन। भ्रमण खारेज नभए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएको थियो। सुदको भ्रमण परराष्ट्र मन्त्रालयको स्वीकृतीमा थियो या व्यक्तिगत भन्ने वारे अहिलेसम्म केही वताइएको छैन।