Wednesday, October 6, 2010

राष्ट्र बैंकद्वारा बोलकबोलप्रथाबाट एकसय किलो सुन र एक हजार किलो चाँदी विक्री, बुधबार देखि संघले मुल्यसूची प्रकाशित गर्ने

राष्ट्र बैंकले हरेक मंगलबार सुनचाँदी बोलकबोल प्रथाबाट विक्री गर्ने नीीत लिएपछि मंगलबार पनि बोलकबोलबाट एक सय केजी सुन र एकहजार केजी विक्री गरेको छ। राष्ट्र बैंकले प्रतिकेजी सुन ३१ लाख ९८ हजार र एक हजार केजी चाँदीको छपन्न हजार एक सय पचपन्न रुपैयाँमा बोलकबोलबाट विक्री गरेको हो। राष्ट्र बैंकले एक हप्ताको लागि बजारमा सुनचाँदीको अभाव हुनबाट रोक्न बोलकबोलबाट विक्री गरेको हो। राष्ट्र बैंकले प्रतितोला ३७ हजार तीन सय तीन रुपैयाँका दरले विक्री गरेको छ। राष्ट्र बैंकले गरेको बोलपत्रमा व्यवहारिक नभएकोले बजारमा सुनचाँदीको मूल्य बढ्नेस्थिती रहेको व्यवसायीहरुले बतनाएका छन्। राष्ट्र बैंकले लिलामबाट विक्री गरेपछि बजारमा सुन झन महंगो हुने भएकोले उपभोक्ताहरु थप मर्कामा पर्ने भएका छन्। सुनचाँदी व्यवसायी संघले राष्ट्र बैंकको बोलकबोल व्यवहारिक नभएकोले बुधबार संघले सुनचाँदीको आधिकारीक भाउ प्रकाशित गर्ने संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो।

Total Pageviews