Thursday, October 7, 2010

नेपालद्वारा सिंगापुर सत्तरी रनले पराजित

एसीसी अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगितामा आयोजक सिंगापुरलाई सत्तरी रनले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन नेपाल लगातार तेस्रो जित हात पार्न सफल भएको छ। टस जिती पहिले व्याटिङमा उत्रिएको नेपालले निर्धारित पच्चिस ओभरको खेलमा दुई विकेट गुमाउँदै एक सय उनान्सत्तरी रनको योगफल तयार पारेको थियो। नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म बनाएको यो सर्वाधिक योगफल हो। एक सय उनान्सत्तरी रन जोड्ने क्रममा मनिषा रावलले सर्वाधिक बैसट्ठी रन र कप्तान नेरी थापाले सत्चालिस रनको योगदान दिएका थिए। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा अर्धशतक बनाउने मनिषा पहिलो नेपाली महिला क्रिकेटर बनेकी छिन्। यसैगरी सीता रानामगर र सरीता मगरले तेह्र–तेह्र रन बनाएका थिए। एक सय साठी रनको विजय ल क्ष्य पच्छ्याएको घरेलु टोली सिंगापुर नौ विकेट गुमाउँदै उनान्नब्बे रनमा समेटिएपछि नेपाल सत्तरी रनको सानदार जित हासिल गर्न सफल भएको थियो। सिंगापुरलाई उनान्नब्बे रनमा समेट्न नेरी थापा र रुविनाले दुई दुई विकेट लिँदा गीता चुँडाल र सोनु खड्काले एक एक विकेट झारेका थिए।

Total Pageviews