Thursday, October 7, 2010

पाकिस्तानमा गरिएको हवाई आक्रमणबारे नेटो सदस्य राष्ट्रद्वारा क्षमायाचना

पाकिस्तानमा भएको हवाई आक्रमणको विषयमा अमेरिका लगायत नेटोमा आवद्ध सदस्य राष्ट्रले पाकिस्तानसँग माफी मागेका छन्। अफ्गानिस्तानको सीमा नजिकैको पाकिस्तानी भूमिमा गत साता गरिएको हेलिकप्टर कारबाहीमा ३ जना पाकिस्तानी सैनिक मारिएका थिए। पाकिस्तानका लागि अमेरिकी दूत अन्ने पाटर्सनले नेटो आक्रमणका कारण पाकिस्तानलाई पुगेको क्षतिप्रति अमेरिका दुखित बनेको हुनाले यसको लागि अमेरिकाले क्षमायाचना गरेको बताएकी छिन्। यसैगरी अफ्गानिस्तानको लागि अमेरिकी एवम् नेटो सेनाका कमा48डर जनरल डेविड पेट्रायसले आगामी दिनमा यस प्रकारका आक्रमण नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन्। गत साता भएको नेटोको हेलिकप्टर कारबाही पछि पाकिस्तान सरकारले आफ्नो भूमिबाट नेटो सेनाको लागि खाद्यान्य, इन्धन र बन्दोबस्तीका सामान अफ्गानिस्तान लैजाने मार्ग अवरुद्ध बनाउँदै आएको छ।

Total Pageviews