Monday, October 11, 2010
सीता एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना
काठमाडौंबाट लुक्लातर्फ उडेको सीता एअरको डोनियर विमान लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ। दुर्घटनाबाट विमानको अघिल्लो भागमा सामान्य क्षति पुगेको सीता एअरले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। विमानमा रहेका सबै एघार यात्रु सकुशल रहेको बुझिएको छ।