Monday, October 11, 2010
फेरि अर्को अपहरण
महोत्तरीस्थित वेलगाछीका काठ व्यवसायी गर्वु साहका छोरा उमेश साह गएराति अपहरणमा परेका छन्। पानी भर्न धारामा गएको वेला ४/५ जनाको समुहले उनलाई अपहरण गरेको परिवारले जनाएको छ। गौशाला उच्च माविमा कक्षा १० मा अध्यनरत साहको अपहरणको कारण भने खुलेको छैन। यसैबीच अपहरणमा संलग्न रहेको आसंकामा वेलगाछी ५ का रमेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपहरित साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ