Monday, October 11, 2010
अर्थशास्त्रका लागि नोवेल पुरस्कार दुई अमेरिकी र एक बेलायतीलाई
यो वर्षको अर्थशास्त्र तर्फको नावेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय पिटर डाइमण्ड र डेल मोर्टेन्सन तथा बेलायती मूलका साइप्रसका विद्धान क्रिष्टोफर पिसाराइड्सले संयुक्त रुपमा प्राप्त गरेका छन्। नियमन तथा नीतिले बेरोजगारी, रोजगारीका रिक्तता तथा ज्यालालाई कसरी प्रभाव पार्छ भन्ने विषयमा उनीहरुले गरेको अध्ययनका लागि सो सम्मान गरिएको नोवेल कमिटीले जनाएको छ। सत्तरी वर्षीय डाइमण्ड अमेरिकाको म्यसाचुसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजीका अर्थशास्त्री हुन भने उनी सामाजिक सुरक्षा, पेन्सन तथा कर विभागमा पनि कार्यरत छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई अमेरिकी केन्द्रीय बैंकको सदस्यको रुपमा मनोनयन गरेका थिए। त्यसै गरी मोर्टेन्सन इलनोइसस्थित नर्थवेष्टर्न विश्व विद्यालयमा प्राध्यापक रहेका छन्।