Monday, October 11, 2010

बंगलादेशको राजधानी ढाका नजिकै बस दुर्घटना

बंगलादेशको राजधानी ढाका नजिकै भएको बस दुर्घटनामा ४० जनाको मृत्यु भएको छ। यात्रुहरुले खचाखच भरिएको बस चालकले नियन्त्रण गुमाउदा नदिमा खसेको अधिकारीहरुले बताएका छन्। बसमा ५० जना यात्रु रहेका थिए। दुर्घटनास्थल ढाकाबाट २० किलोमिटर टाढा अमिनबजार क्षेत्रमा रहेको तुराक नदीमा भएको हो। दुर्घटनास्थलमा सेनाले उद्धार गरिरहेको छ। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। बसमा विश्वविद्यालय तहमा अध्ययन गर्ने बिद्यार्थी रहेको बताइएको छ। नदीमा पानीको बहाव तिव्र रहेको र खराव मौसम भएका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयले बस नदीभित्र डुबेकोले थुप्रै यात्री हराइरहेको बताएका छन्।।

Total Pageviews