Tuesday, October 26, 2010

राष्ट्रपति चीन प्रस्थान

राष्ट्रपति रामवरण यादव मंगलबार मैत्रीपूर्ण सदभावना चीन भ्रमणमा प्रस्थान गरेका छन् । उनी कार्तिक १४ गते हुने सांघाइ एक्स्पो समापन समारोहमा भाग लिन चीन गएका हुन् । एक साता लामो भ्रमणमा राष्ट्रपति यादवले एक्स्पो अवलोकन गर्नुका साथै चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ, सांघाइका मेयर र स्थानीय राजनीतिज्ञलाई भेट्ने कार्यक्रम छ । राष्ट्रपति यादवको टोलीमा छोरी अनिता यादव, पर्यटनमन्त्री शरतसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकार सूर्य ढुङ्गेल र हरि शर्मा, चीनका लागि नेपाली राजदूत टंक कार्की, राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने, परराष्ट्र सचिव मदन भट्टराई शिष्टाचार महापाल मुक्ति भट्टलगायत छन् । मंगलबार बिहान पौने १० बजे चीन उड्ने कार्यक्रम भएपनि राष्ट्रपति यादव झण्डै २ घण्टा ढिलो उडे । 'कमर्सियल फ्लाइट भएकाले उडानमा ढिलाई भएको हो,' राष्ट्रपति यादवसँग करिब साढे ११ बजे चीन उड्नु अगाडि शिष्टाचार महापाल मुक्तिनाथ भट्टले कान्तिपुरलाई भने ।

Total Pageviews