Wednesday, October 27, 2010

इण्डोनेसियाको माउन्ट मेरापीमा ज्वालामुखी विस्फोट, कम्तिमा पच्चिस जनाको मृत्यु, हजारौं विस्थापित

इण्डोनेसियाको माउन्ट मेरापीमा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा पच्चिस जनाको मृत्यु भएको छ। ज्वालामुखीका कारण कयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्। यसअघि इण्डोनेशियाका मौसम विदहरुले ज्वालामुखी विस्फोटन हुनसक्ने चेतावनी दिएकै समयमा सो विस्फोट भएको हो। ज्वालामुखी विस्फोटन पछि त्यहाँको आकाश खरानी र चट्टानका कणहरुले ढाकेको बताइएको छ। यसअघि सन् उन्नाइस सय तीसमा मेरापीमा यसै प्रकारको ज्वालामुखी विस्फोटन हुदाँ करिब तेह्र सय मानिसले ज्यान गुमाएका थिए।

Total Pageviews