Thursday, October 28, 2010

दोलखाको लादूक गाविसमा ट्याक्टर दुर्घटना हुँदा एक महिलासहित तीन जनाको मृत्यु, पाँच जना घाइते

दोलखाको उत्तरी लादूक गाविसमा ट्याक्टर दुर्घटना हुदा एक महिला सहित तिन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिल्ला लादूक गाविस वडा नम्बर आठका ट्याक्टर धनि छत्रबहादुर तामाङ, लामावगर गाविस वडा नम्बर सातकी वाङदि शेर्पा र बुलुङ एकका आङदेल लामा रहेका छन्। दुर्घटनामा परी पाँच जना घाईते भएका छन्। जसमध्य तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई उपचारका लागि चरिकोट लगिएको छ। सिंगटीवाट खाद्यान्न र यात्रु लिएर जामुने तर्फ जादै गरेको बा एक ञ एक एक शुन्य नौ नम्बरको ट्याक्टर लादूक गाविसको वडा नम्बर नौ जामुने दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक गोकूल केसीले कच्चि वाटो र ओभर लोडका कारण अनियन्त्रि भएर ट्याक्टर दुर्घटना भएको हुन सक्ने बताउनुभएको छ।

Total Pageviews