Sunday, October 31, 2010

भारतको पश्चिम बंगालमा डुंगा दुर्घटना, अठार जनाको मृत्यु, सय जना भन्दा बढी बेपत्ता

भारतकोपश्चिम बंगाल राज्यमा डुंगा दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने एक सय जना हराइरहेका छन्। सागरद्वीपको क्षेत्र नजिकै गंगा नदीमा डुंगा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रान्तीय राजधानी कोलकाताबाट एक सय बीस किलोमिटर दक्षिणमा पर्दछ। डुंगामा २ सय जना यात्रु रहेको बताइएको छ। एउटा पानी जहाज नदी पार गर्ने क्रममा उत्पन्न तीव्र लहरका कारण डुंगाले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ। डुवकामध्ये पचास जनाको सकुशल उद्दार गरिएको र उद्धार कार्यलाई तीव्र पारिएको बताइएको छ।

Total Pageviews